Sajhamanch Archive

बैकिंङ्ग सेवा छन्, सेवाग्राही छैनन्

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, by .

विर्तामोड । लकडाउनका कारण ग्राहकमा पर्न सक्ने असुविधा र समस्याहरुलाई मध्यनजर गर्दै झापामा बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना सेवाग्राहीलाई सेवा दिइरहेको छ ।

कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा बैंकिङ्ग सेवा जस्तो अत्यावश्यक सेवा पाउनबाट आफ्ना ग्राहक बन्चित हुनु नपरोस् भनेर बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा सहायता केन्द्र स्थापना गरेको जनाएको छ । ग्राहक सहायता केन्द्रमा ग्राहकले आफूलाई परेको बैंकिङ्ग समस्या फोनबाटै राख्न सकिने र त्यसलाई तत्कालै सम्बोधन गर्ने बैंकको दाबी छ ।

समस्या राख्नको लागि बैंकले सातैवटा प्रदेशमा प्रदेश प्रमुख तथा अन्य उच्च तहका कर्मचारीहरुलाई सम्पर्क व्यक्ति तोकेको छ । ग्राहकले बैंकसम्बन्धी जुनसुकै समस्या सिधा फोन मार्फत सम्बन्धित कर्मचारीहरुलाई सम्पर्क गर्न सकिने र सो समस्याको तत्कालै समाधान गर्ने बैंकको भनाइ छ ।

सरकारले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आह्वान गरिरहेको परिस्थितिमा बैंकले पनि घरबाटै सुविधा लिन सक्ने गरी यो सेवा सुरु गरेको हो । विगत देखिनै बैंकिङ्गको डिजिटल माध्यम प्रयोग गर्न प्रोत्साहन गर्ने बैंकले विशेष गरी मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मार्फत घरबाटै सेवा लिन समेत अनुरोध गरिरहेको छ ।

डिजिटल बैंकिङ्ग सम्बन्धी कुनै पनि समस्या वा गुनासो भएमा समेत ग्राहक सहायता केन्द्रको सम्पर्क व्याक्तिलाई सुनाउन सकिने सुविधा बैंकले दिएको छ ।

झापामा रहेका शाखा बैंकले भने बिहान ११ बजे देखि १ बजे सम्म सेवा दिइरहेका छन् । गुडविल फाइनान्स बिर्तामोडका प्रमुख सुमन पौडेल भन्छन् कार्यालयमा ग्राहक नआए पनि हामीले हाम्रो कर्तव्य पूरा गरेका छौं । अहिले अरु काम हुन्न संकलन र फिर्ताका काम हुन्छन् बन्द छ । सोमबार ,बुधबार र शुक्रबार कार्यालय खोलेर सेवा दिने काम गरेका छौं कुनै समस्या आए फोन बाट पनि सहयोग गरेका छौं । हाम्रा ग्राहकलाई सकेको सहयोग र सेवा गर्न हामी तयारी अवस्थामै छौं ।यस्तै सेन्चुरी बिकास बैंकका बिर्तामोड शाखा प्रमुख गणेश बराल एटीएम भएका बैंकले कार्यालय खोल्नै पर्ने बाध्यता नभएकाले ग्राहकले फोन गरेमा वा अत्यावश्यक भएमा सेवा दिएको बताए ।केन्द्रको समन्वयमा र ग्राहकको काममा अवरोध नगरेको बताउँछन् ।

यस्तै झापाका अधिकांश बैंकले ग्राहकको आवश्यकता लाई मध्यनजर गर्दै सेवा दिदै आएका छन् भने सहकारीले आफ्ना सेवा अधिकांशले बन्द गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *