Sajhamanch Archive

कोरोना भाइरस संक्रमित नौ लाख नाघे, ४७ हजारभन्दा बढीको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ लाख नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार संक्रमितको संख्या नौ लाख ३५ हजार आठ सय १७ पुगेको छ । जसमा मृत्यु हुनेको संख्या पनि ४७ हजार दुई सय आठ पुगेको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक अमेरिकामा संक्रमित हुने मानिसको संख्या दुई लाख १५ हजार पुगेको छ । अमेरिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि पाँच हजार ११६ पुगेको छ ।

त्यस्तै दोस्रो सबैभन्दा प्रभावित मुलुक इटालीमा संक्रमित संख्या एक लाख १० हजार नाघेको छ भने १३ हजार १५५ पुगेको छ । इटाली यो भाइरसबाट सबैभन्दा धेरैको मृत्यु हुने मुलुक हो ।

तेस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या नौ हजार ३८७ पुगेको छ ।

त्यस्तै, चीनमा पनि संक्रमितको संख्या ८२ हजार भन्दा धेरै छ भने मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय नाघिसकेको छ । संक्रमित संख्यामा फ्रान्स ७७ हजार सात सय ८१ नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या नौ सय ३१ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *