Sajhamanch Archive

कलवलगुरी क्वारेन्टाइनमा वाइफाई र टिभीको सुविधा

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

भद्रपुर । नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा विदेशबाट आएका मानिसहरुलाई र तिनीहरुको सम्पर्कमा रहेका स्थानीयलाई राख्न बनाइएको यहाँको एक क्वारेन्टाइनमा वाइफाई र टिभीको सुविधा प्रदान गरिएको छ ।

भद्रपुर नगरपालिकाले कलबलगुरीमा स्थापना गरेको क्वारेन्टाइनमा इन्टरनेटको वाइफाइ र टेलिभिजन सुविधा प्रदान गरिएको हो । भद्रपुर नगरपालिकाको सल्लाहमा व्यक्तिका लागि आधारभूत आवश्यकता बनिसकेको इन्टरनेट सुविधा प्रदान गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताएका छन् । क्वारेन्टाइनमा रहनेहरुको सुरक्षा र स्वास्थ्यलाई पनि आधारभूत सेवाका रुपमा क्वारेन्टाइनमा उपलब्ध गराइएको छ ।

डब्लु एचओको मापदण्ड अनुसार तयार गरिएको बताइएको क्वारेन्टाइनस्थलमा आज शुक्रबार भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, सुरक्षा निकायकाजिल्ला प्रमुखहरु, नेपाल रेडक्रस सोसाइटी झापाका सभापतिसहितको टोलीले अनुगमन समेत गरेको छ ।

९३ जनाको क्षमताको कलबलगुरीको क्वारेन्टाइनमा हाल १८ जना रहेका छन् । भद्रपुर नगरपालिका २ स्थित पृथ्वीनगरको किच्चकवधमा १८ जना भारतीय मजदूर क्वारेन्टाइनमा छन् । यस्तै ५५ जना सेल्फ क्वारेन्टाइनमा रहेको भद्रपुर नगरपालिकाका प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार नगरक्षेत्रमा भएका क्वारेन्टाइनबाट १४ दिने क्वारेन्टाइनको अवधी पूरा गरेर १२ जना डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *