Sajhamanch Archive

कोरोना कहरः मृतकको संख्या ५६ हजार नाघ्यो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । कोभिड–१९ कोरोना भाइरसले विश्वभर ५६ हजार ५९७ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार ४७६ जना संक्रमित छन् भने २ लाख २५ हजार ६०३ जनालाई निको भएको छ।

सबैभन्दा बढी इटलीमा १४ हजार ६८१ जनाले ज्यान गुमाएका छन्। इटलीमा एकै दिन ७६६ जनाले ज्यान गुमाएका छन्। इटलीमा ८५ हजार ३८८ जना संक्रमित छन्।

त्यस्तै युकेमा एकै दिन ६८४ जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म ३ हजार ६०५ जनाले ज्यान गुमाइसकेका छन्। युकेमा ३४ हजार ४२८ जना संक्रमित छन्।

त्यसैगरि स्पेनमा पनि एकै दिन ५८७ जनाले ज्यान गुमाएका छन्। हालसम्म स्पेनमा १० हजार ९३५ जनाले ज्यान गुमाइसकेका छन्। स्पेनमा ७६ हजार २६२ जना संक्रमित छन्।

अमेरिकामा पनि एकै दिन ५१२ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ६ हजार ५६२ जनाले हालसम्म ज्यान गुमाएका छन्। त्यहाँ २ लाख ३९ हजार ८६७ जना संक्रमित छन्।

अन्नपूर्णबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *