Sajhamanch Archive

कोरोनाले जापानलाई अमेरिकाकै हालतमा पुर्‍याउन सक्ने चेतावनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । विज्ञहरुले कोरोना भाइरसका कारण जापानको राजधानी टोकियो अमेरिकी शहर न्युयोर्कको हालतमा पुग्ने चेतावनी दिएका छन्। टोकियोमा संक्रमितहरुको संख्या दिनहुँ बढिरहेको छ र खराब समाचार आउन रोकिएको छैन।

संक्रमितहरुको संख्या अघिल्लो दिनको भन्दा दोब्बरले बढिरहेको टोकियोको स्थानीय प्रशासनले जनाएको छ। यही दरले बिरामीहरुको संख्या बढ्दै गए जापानीहरुले निकै खराब नतिजा ब्यहोर्नुपर्नेछ। कोबे विश्वविद्यालयका संक्रमण नियन्त्रण विज्ञ केन्तारो इवाताले कोरोना संक्रमण रोक्न सरकारले पर्याप्त काम नगरेकोमा चेतावनी दिइरहेका छन्। उनले भनेका छन्, ‘हामी खराब बाटोमा छौं, अब टोकियो दोस्रो न्युयोर्क शहर बन्न सक्ने जोखिम बढेको छ।’ यतिखेर न्युयोर्क शहर अमेरिकामा कोरोना भाइरसको केन्द्र बनेको छ।

त्यहाँ हरेक पाँच दिनमा दोब्बरका दरले संक्रमितहरु थपिइरहेका छन्। यो शहरमा मात्रै अहिलेसम्म तीन हजारभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ। जापानमा शुक्रबार मात्रै कोरोना संक्रमणका कारण ७४ जनाले ज्यान गुमाएका छन् भने ३३ सय २९ जना नयाँ संक्रमित भेटिएका छन्। शुरुवातमा स्पेन, फ्रान्स, इटली र अमेरिकाको न्युयोर्क शहरमा जस्तै यतिखेर जापानमा कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ। संक्रमितहरुको संख्या यो भन्दा निकै धेरै हुन सक्ने र धेरै भन्दा धेरै मानिसहरुको स्वास्थ्य परीक्षण गर्न सरकारलाई सुझाव दिएका छन्। संक्रमित र हताहतीको संख्या अन्यत्र झै‌ं नबढेकाले समयमै यो काम गरे क्षतिबाट बच्न सकिने उनीहरुको भनाई छ। जापानमा अहिलेसम्म कोरोना संक्रमणबाट ६३ जनाको ज्यान गएको छ भने २५ सयभन्दा बढी संक्रमित भेटिएका छन्‌।

१ करोड ३५ लाख मानिसहरुको बसोबास रहेको टोकियोमा हालसम्म चार हजार मानिसको मात्रै स्वास्थ्य परीक्षण गरिएको छ। समग्र जापानको अवस्था पनि त्यस्तै छ। देशभर १२ करोड ५० लाख मानिसहरु बसोबास गर्ने गरेपनि जम्माजम्मी ४० हजार मानिसमा मात्रै संक्रमण भए/नभएको परीक्षण गरिएको छ। जापानमा भन्दा निकै कम जनसंख्या भएको दक्षिण कोरियाले बरु शुक्रबारसम्म चार लाख ४० हजार मानिसहरुको स्वास्थ्य परीक्षण गरिसकेको छ। समयमै सजगता अपनाएका कारण दक्षिण कोरियामा अन्यत्रको जस्तो ठूलो मानवीय क्षति भोग्नुपरेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *