लायन्स क्लब र लियो क्लब विर्तामोडद्वारा राहत वितरण
Published: (Updated: )
by .विर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० मा लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लब बिर्तामोड लेडीले राहत वितरण गरेका छन् ।
दैनिक ज्यालामजदुरी गर्ने ३६ घरपरिवारका बिपन्न परिवारलाई राहत बितरण गरेको छ । चामल १० किलो चामल २ किलो दाल १ लिटर तेल लगायतका खाद्यान्न सामाग्री बितरण गरिएको छ। कोरोना भाईरसका कारण गरिएको लकडाउनको कारण अति आवश्यक खाद्य सामग्रीको कमी हुन नदिन क्लबले संयुक्तरुपामा राहत सामग्री बितरण गरेको हो ।
सामाजिक दुरी कायम राख्दै क्लबका उपाध्यक्ष ,सचिव र आफ्ना सदस्य अध्यक्ष वडा सदस्य टोल बिकास समिती र राहत बितरण समितीको सक्रियतामा टोलीले खाद्य सामग्री बितरण गरेको थियो । एकै स्थानमाबाट राहत सामाग्री वितरण गर्दा भिडभाड हुने भएकाले गाडीमा विपन्नको घर घरमै पु¥याइएको लायन्स क्लबका अध्यक्ष उर्मिला खरेल बिमलीले बताइन् ।
खान नपाएर कोही पनि वडावासी भोकै रहनु नपर्ने भन्दै दुवै क्लबको सक्रियतामा सामाग्री बितरण गरिएको लियो क्बलका अध्यक्षले बताइन् ।
Comments