Sajhamanch Archive

अमेरिकामा एकै दिन १२ सय को मृत्यु, विश्वमा मृतकको संख्या ६९ हजार नाघ्यो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घटनामा कोरोनाबाट १२ सय जनाको ज्यान गएको छ। जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार एकै दिन त्यहाँ १२ सय जनाको मृत्यु भएको हो।

योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६१६ पुगेको छ। त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८६१ पुगेको छ। अमेरिकामा अहिलेसम्म १७ हजार ९७७ जना ठिक भएका छन्। अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र ४ हजार १५९ जनाको मृत्यु भएको छ।

त्यस्तै न्यूजर्सीमा ९१७ जनाको मृत्यु भएको छ भने मिचिगनमा ६१७ जनाको ज्यान गएको छ। त्यस्तै लुसियानामा ४७७, क्यालिफोर्नियामा ३४७, वाशिंटनमा ३३८, इलिनियोइसमा २७४, जर्जियामा २१९, मसाचुसेट्समा २३१, फ्लोरिडामा २२१, कोनेक्टीकटमा १८९, पेन्सिलभेनियामा १५०, कोलोरोड़ोमा १४०, टेक्सासमा १३३, इण्डियनामा १२७ र ओहियोमा ११९ जनाको मृत्यु भएको छ। न्युयोर्कमा अहिलेसम्म एक लाख २३ हजार १८ जना संक्रमित भएका छन्।

त्यस्तै न्यूजर्सीमा ३७ हजार ५०५ जना संक्रमित भएका छन्। विश्वमा मृत्यु हुनेको संख्या ६९ हजार ४ सय १९ पुगेको छ। सबै भन्दा धेरै इटालीमा मृत्यु भएका छन्। त्यहाँ मृतकको संख्या १५ हजार ८ सय ८७ पुगेको छ। त्यस्तै स्पेनमा १२ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका छन्। त्यस्तै फान्समा ८ हजार भन्दा बढीको मृत्यु भएको छ। विश्वभरबाट अहिले सम्म २ लाख ६० हजार भन्दा बढी मानिस उपचार पछि निको भएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *