Sajhamanch Archive

कुवेती दिनारको मूल्य बढ्यो, रियाल, दिर्हाम र रिंगिट स्थिर

Published: in अर्थतन्त्र by .

  काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रिदर २९ रुपैयाँ ४५ पैसा रहेको छ ।

 

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ  ९१ पैसा र बिक्रिदर ३० रुपैयाँ ०७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा र बिक्रिदर २७ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ०९ पैसा छ भने बिक्रिदर ३ सय ६५ रुपैयाँ ०७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९१ रुपैयाँ ३५ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ९४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

उज्यालो  खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *