Sajhamanch Archive

प्रदेश १ कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख जुट्यो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by .

बिराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल ११ करोड ६५ लाख ११ हजार ८३१ जम्मा भएको छ । कोषमा सोमबार ५ लाख ९२ हजार ७४२ रुपैयाँ थप भएको हो ।

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय वाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

कोषमा बैंक, संघ–संस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्नेक्रम जारी रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *