Sajhamanch Archive

एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने : नेकपा अध्यक्ष प्रचण्डको

Published: in राजनीति by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने अभियानमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन्।

अध्यक्ष दाहालले देश र जनताको ऐतिहासिक आवश्यक्ता परिपूर्ति गर्न र विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन पनि बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकताको महाअभियानमा सहभागी हुन विशेष अपील गरे।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिक्रान्तिकारी शक्तिहरु सल्बलाइरहेको भन्दै सचेत रहन पनि पार्टी भित्रको एकतालाई अझै सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले प्रतिक्रान्तिकारीको षड्यन्त्रलाई निष्तेज पार्न क्रान्तिकारी शक्तिहरु सधैं सचेत रहनुपर्नेमा पनि जोड दिए ।
उनले मुलुकलाई समृद्ध बनाउने अभियान र कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानका विरुद्ध षडयन्त्र भइरहेको दावी गर्दै त्यसलाई गहिरोसँग आत्मसात गरेर जनतासँगको सम्बन्धलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याए । त्यस अवसरमा अध्यक्ष दाहालले पुष्पलाल श्रेष्ठको योगदानको पनि चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहदेखि केन्द्रसम्म सुशासनको प्रत्याभूति दिलाउने काममा पार्टीको सिंंगो शक्ति परिचालन हुनुपर्नेमा जोड दिएका छन ।
उनले पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीले ठूलो सफलता हात पारेको उल्लेख गर्दै त्यसलाई जोगाउन नसके त्यसले क्यान्सरको रुप लिन सक्ने तर्फ पनि सचेत गराए ।

वरिष्ठ नेता नेपालले पार्टीको वर्चश्व रहेको स्थानीय तहमा भ्रष्टाचार मौलाएको गुनासो आउने गरेको भन्दै त्यसलाई बेलैमा नियन्त्रण गर्न पनि जोड दिदै आवश्यक्ता औंल्याएका छन् ।

उज्यालो खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *