Sajhamanch Archive

नौ दिनसम्म उठेन शव

Published: in मिडियाबाट साभार, समाज by .

बुटवल । बुटवलको कोरोना अस्पतालमा नौ दिनअघि मृत्यु भएका बाबुराम थापाको शव अहिलेसम्म उठाइएको छैन।

अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै थापाका आफन्तले शव नबुझेका हुन्। उनीहरूले मृत्युको कारण बताउन अस्पताल प्रशासनसँग माग गरेका छन्। लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरले बनाएको कोरोना अस्पतालले सो विषयमा जानकारी गराएको छैन।

पाल्पा रिब्दिकोट घर भई रुपन्देहीको सैनामैना बस्दै आएका थापा ज्वरो आएर चैत १३ गते अस्पताल पुगेका थिए। उनको १६ गते निधन भएको थियो। तीन दिनसम्म उनको कोरोना परीक्षण नभएको र उपचारसमेत नगरिएको गुनासो परिवारले गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *