Sajhamanch Archive

पूर्व नेपालले दियो शिवसताक्षीका स्वास्थ्य कर्मीका लागि पीपीई

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकालाई स्वास्थकर्मीलाई अतिआवश्यक पर्ने पीपीई प्रदान गरेका छन् ।

पूर्व नेपाल बहुदेश्यीय सहकारी संस्थाले ५ थापन पिपिई र ५० थान सर्जिकल मास्क नगरपालिकालाई प्रदान गरेको हो ।
कमल गाउँपालिकामा केन्द्रिय कार्यालय रहेको पूर्व नेपाल बहुदेश्यीय संस्थाले अन्य आठ स्थानीयतहमा पनि सरकारी मापदण्ड अनुसारकै पनि पिपिई वितरण गर्ने जनाएको छ ।

नगरप्रमुख चन्द्रकुमार शेर्माले पिपिई ग्रहण गर्दै सो सहयोग संस्थालाई धन्यवाद दिएका छन् । नगरका स्वास्थ्यकर्मीलाई अतिआवश्यक पर्ने स्वास्थ्य सामाग्री दिएर यो महामारी र विपत्तीको बेला पूर्व नेपाल बहुदेश्यीय सहकारीले ठूलो गुन लगाएको प्रमुख शेर्माले बताए ।

उक्त पाँच थान पिपिई नगरले स्थापना गरेको क्वारेन्टाइन खटिने स्वास्थ्य कर्मी र एम्बुलेन्स चालकलाई वितरण गरिने समेत नगरपालिकाले जनाएको छ ।