Sajhamanch Archive

बुद्धशान्तिमा २१ लाख ७७ हजार २ सय ५२ रुपैँयाको खाद्य सामग्री वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by .

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले अतिविपन्न ज्याला मजदुरी गर्ने नागरिकलाई राहत स्वरुप २१ लाख ७७ हजार २ सय ५२ रुपैँयाको खाद्य सामग्री उपलब्ध गराएको छ ।

गाउँपालिकाका सबै ७ वटै वडाबाट अतिविपन्न नागरिकलाई खाद्यान्य वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताए ।

वडागत तथ्याङ्कको आधारमा गाउँपालिकाका अतिविपन्न १७ सय ३५ घरसंख्याको ६ हजार ७ सय २१ जनालाई १५ दिन पुग्ने खाद्यान्य उपलब्ध गराइने गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए । गाउँपालिकाले खाद्यान्न स्वरुप चामल, दाल, तेल, नुन, हात धुन सावुन उपलब्ध गराएको उपाध्यक्ष मीरा भूर्तेलले बताइन् ।

बुद्धशान्ति गाउँपालिकाले जम्मा २१ लाख ७७ हजार २ सय ५२ रुपैँया ४५ पैसाको खाद्य सामग्री ज्यालामजदुरी गर्ने अतिविपन्न नागरिकलाई वितरण गर्ने योजना छ । जसमा चामल १४ लाख ७८ हजार ८ सय २० रुपैँया, दाल ३ लाख ४५ हजार १ सय ६० रुपैँया, तेल २ लाख, ७२ हजार ५ सय ६८ रुपैँया, नुन ३२ हजार ९ सय ६५ रुपैँया र साबुन ४७ हजार ९ सय ३८ रुपैँया रहेको छ । राहत वितरणमा कोहि अतिविपन्न नागरिक छुट्न पुगे उनीहरुलाई पनि राहत वितरण गरिने गाउँपालिकाले जनाएको छ । राहत नामावलीमा परेका केहीलाई वितरण गर्न भने बाँकी रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *