Sajhamanch Archive

म दुबईमा सुरक्षित छु, नेपालमा संक्रमण फैलिन नदिन लकडाउनको पालना गर्नुहोला

Published: in परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, , by .

हाल म दुबई (युएई)को इन्टरनेशनल सिटी भन्ने ठाउँमा सेक्युरिटी गार्डको काम गर्दै आइरहेको छु। विश्वब्यापीरूपमा फैलिएको अति नै प्राणघातक कोरोना भाइरस (केभिड–१९) को संक्रमण दुबईमा पनि देखा परिसकेको छ ।

यहाँ सेक्युरिटी गार्डको डिउटी निरन्तर चलिरहेको छ । म एउटा गार्ड भएको नाताले डिउटी समयमा आफू पनि सुरक्षित रहेर अनिवार्य रूपमा मापसे (मा– मास्क, प– पन्जा, से– सेनिटाइजर) प्रयोग गरेको हुन्छु । र, जति पनि आफ्नो क्षेत्रभित्रका मानिसहरुलाई यसैगरी सुरक्षित रहन आग्रह गर्दै प्राणघातक यस भाइरस फैलन नदिन आफू पनि गहिरो भूमिका निर्वाह गरिरहेका छु ।

               यादबकुमार मिश्र, दुबई

मेरो घर प्रदेश नं. १ झापा जिल्लाको हल्दिबारी गाउँपालिका वडा नं. ५ मा पर्छ । प्राय दिनहुँजसो घरमा सम्पर्क भइरहेको छ । मैले जानकारी पाएसम्म जुनरुपले नेपालमा लकडाउन गरिएको छ, त्यसलाई गाउँघरमा पूर्णरुपले पालना गरिरहनु भएको छ । यस्तो कार्यको म एकदमै सराहना व्यक्त गर्दछु।

कोरोनाको संक्रमण बड्न नदिन नेपाल सरकारले लाकडाउन दोस्रो पटक थप गरेको कुरा अति नै राम्रो हो । दुबई सरकारले पनि तीन दिन पूर्णरुपले लकडाउन गरेको थियो । त्यसपछिका दिनहरूमा बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म आहिले पनि लकडाउन चलिरहेको छ। अनावश्यक रूपमा बाहिर नघुम्न, अनिवार्य रूपमा मास्क लगाउन साथै जमात भएर हुल जत्था नगर्न माइकिङ गरिरहेको छ । प्रायः सबै चोक बजारहरुमा किटनासक औषधी छिट्ने काम पनि भइरहेको छ आजको दिनसम्म ।

म बसेको क्षेत्रमा हामी पूर्व मेचीदेखि पश्चिम् महाकालीसम्मका नेपालीहरु छौं। त्यस्तो कुनै अपृय घटना भएको छैन साथै कसैलाई पनि कोरोना भाइरसको संक्रमण भएको सुन्नमा आएको छैन । यो आति नै राम्रो कुरा हो । आफू कसरी सुरक्षित रहने र रहन सकिन्छ भन्ने कुराहरु विभिन्न सोसल मिडियाहरुले राम्रो भूमिका खेलिरहेका छन् ।

स्थायी टुङ्गोः हल्दिबारी ५ झापा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *