Sajhamanch Archive

नागरिकको सुरक्षाका लागि शिवसताक्षीका सबै नाका लक गर्छौः नगरप्रमुख सेर्मा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको दक्षिणी सीमाबाट भारतीय नागरिक प्रवेश गरेको भन्दै नगरले सीमा लक गर्ने भएको छ ।

शिवसताक्षी नगरपालिका र गौरीगञ्ज गाउँपालिकाको सीमावर्ती क्षेत्र होकलबारीदेखि दक्षिण क्षेत्रको भारतीय सीमाबाट भारतीय नागरिक प्रवेश गरेको स्थानीयले गुनासो गरेसँगै नगरले कठोर कदम चाल्ने निर्णय गरेको हो ।

शिवसताक्षीको दक्षिण गौरीगञ्ज गा.पा. १ पर्ने भारतीय सीमा दशगजा क्षेत्रको अवलोकन गर्दै शिवसताक्षीको टोली

विहीबार नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई, शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहाल, वडाध्यक्षहरु कुलबहादुर बस्नेत र भैरवकुमार श्रेष्ठसहित शसस्त्र प्रहरीको टोलीले भारतीय सीमा दशगजा क्षेत्रको अवलोकन गरेको छ ।

भारतीय नागरिक मकैबारीमा लुकेर गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकामा छिर्ने गरेकाले यो समस्या दुवै पालिकाको रहेको नगरप्रमुख चन्द्रकुमार सेर्माले बताए । भारतमा कोरोना भाइसरको संक्रमण तिब्र रुपमा बढ्दै गएकाले भारतीय नागरिक सुरक्षित स्थान खोज्दै यता आएका हुन् । यसले गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिका बासी आतंकित भएका छन् ।

सशस्त्र बलको टुकडी राख्न गौरीगञ्ज गा.पा. १ को इन्द्रेणी प्रा.वि.को अवलोकन

शिवसाक्षीको सीमा क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिका वडा नं. १ को इन्द्रेणी प्राथमिक विद्यालयमा ५ देखि ७ जनाको शसस्त्र प्रहरी बलको टोली राख्न लागिएको नगरप्रमुख सेर्माको भनाई छ ।
अत्यावस्यक सेवा वाहेक आउने जाने नै बन्द गर्नेगरी लक गर्ने तयारी गरिएको नगरप्रमुख शेर्माले जानकारी गराएका छन् । दोमुखा देखी रंगीयाथान, ईलामको चुलाचुलीदेखि कमल, गौरादह, गौरीगञ्ज, झापा, कनकाइ जोड्ने सवै नाकाबाट आवत जावत गरे प्रहरी लगाएर क्वारेन्टाइनमा राखिने नगर प्रमुख शेर्माले चेतावनी दिए । उनले भने, ‘तीनै तहका सरकारको निर्णय नटेर्ने सर्वसाधरणलाई यो वाहेकको विकल्प पालिकाले खोज्न सक्दैन ।’

सशस्त्र बल राखिने इन्द्रेणी प्राथमिक विद्यालय

टोली भोली शुक्रबारबाट खटिने बताइएको छ भने, पूर्वमा झापा गाउँपालिकाको सीमा दक्षिणमा भारतसँग जोडिएको दशगजा र पश्चिममा गौरीगञ्ज गाउँपालिका १ सम्मको क्षेत्रमा सो सशस्त्र बलको टोली निगरानी गर्ने नगरपालिकाले जनाएको छ ।

सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान बन्देज गरेपछि शिवसताक्षी नगरपालिकाले पनि आफ्नो क्षेत्र सुरक्षित राख्न हरदम प्रयास गरिरहेको नगर उपप्रमुख भोजकुमारी नेपालले जानकारी दिइन् । उनले शिवसताक्षीको उत्तरी क्षेत्रका बासिन्दा कोरोना भाइरसको जोखिमका बारेमा आफै पनि सचेत छन् । उहाँहरुले हरेक भित्रीबाटाहरुमा बाँसको ढाट लागाई आफ्नो टोल सुरक्षित गरेका देखियो । तर शिवगञ्जदेखि दक्षिणी क्षेत्रमा धरै मात्रा आदिवासीको बसोबास भएको हुँदा नागरिक पनि आफ्नो सुरक्षाका लागि अग्रसर नभएकाले नगरले कठोर कदम चाल्दै नाका बन्द गर्नु परेको उप प्रमुख नेपालको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *