Sajhamanch Archive

हतारमा लकडाउन खोले स्थिति झनै भयावह बन्‍ने डब्ल्यूएचओको चेतावनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने बताएका छन्।

लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क रहनुपर्ने उल्लेख गर्दै अदोनमले अहिलेकै अवस्थामा यसलाई अन्त्य गरे संक्रमणका कारण कैयौं मानिसहरुले ज्यान गुमाउने अवस्था आउनेतर्फ सचेत गराएका हुन्।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अदोनानले भनेका छन्, ‘हामीले लकडाउनका कारण भएको समस्या कम गर्न विश्वभरका सरकारहरुसँग काम गरिरहेका छौं, तर यसलाई हटाउन हतारो गर्नु हुँदैन, जल्दबाजी गरेर लकडाउन हटाए विश्वभर यसका कारण मर्नेको संख्या निकै बढ्नेछ।’ गत डिसेम्बर ३१ तारिखका दिन चीनको उहान शहरमा पहिलोपटक कोरोना संक्रमित भेटिएका थिए। हाल यो संक्रमणले महामारीको रुप लिइसकेको छ। विश्वभर भेटिएका १६,९९,६३१ जना संक्रमित मध्ये अहिलेसम्म १,०२,७३४ जनाको ज्यान गइसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *