Sajhamanch Archive

नातिको बिहेमा लण्डन पुगेका अमलाचौर गाविसका पूर्व उपाध्यक्ष केसीको कोरोनाबाट मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by .

काठमाडौ‌ । नातिको विवाहका लागि बेलायत पुगेका बागलुङका कर्णबहादुर क्षेत्री (केसी)को कोरोना संक्रमणका कारण निधन भएको छ।

मार्चको २ तारिखमा लण्डनमा भएको नातिको विवाहमा भाग लिन उनी श्रीमतीसहित बेलायत पुगेका थिए। बेलायत बस्दा पखाला चल्न थालेपछि उनलाई उत्तरी लण्डनमा रहेको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो।

१० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्यमा कुनै सुधार भएन । उनको गत बुधबार अप्रिल ८ तारिखका दिन कोरोनाबाट निधन भएको गैर आवासीय नेपाली संघका एक नेता कूल आचार्यले जानकारी दिएका छन्।

केसी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा बाग्लुङको अमलाचौर गाविसको उपाध्यक्षमा तत्कालिन नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

बेलायतमा रहेका छोरा मिलन केसी र बुहारी सरस्वती केसी दुवैजना लण्डनमा व्यवसाय गर्छन् । बुहारी गैरआवासीय नेपाली संघ युकेकी कार्यसमिति सदस्य पनि हुन् ।

उनका श्रीमती, चार छोरा र एक छोरी छन्। अहिले उनको परिवारका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको छ।

थाहा खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *