Sajhamanch Archive

प्रजापतिका ३० उपभोक्तालाई खाट

Published: in राष्ट्रिय समाचार by .

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित प्रजापति सामुदायिक वन उपभोक्ता समूहले ३० परिवार विपन्न उपभोक्तालाई निःशुल्क खाट प्रदान गरेको छ ।

केही वर्ष अघिदेखि सामुदायिक वनले गरिव परिवारको छनौट गरी सुत्ने खाट प्रदान गर्दै आएको वन समूहका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

सो वन समूहले स्थानीय पुकार अपाङ्ग अशक्त परोपकार संस्थालाई दुई थान र मनसादेवी मन्दिरलाई समेत एक थान खाट वितरण गरेको छ ।

इलाका वन कार्यालय दहिझोडाका प्रमुख शिवराम शाहको उपस्थितिमा भएको खाट वितरण कार्यक्रममा उनले विपन्न परिवारलाई खाट प्रदान गर्दै गरिव परिवारलाई यस कार्यक्रमले ठूलो राहत मिलेको बताए ।

करिब ६ सय परिवार उपभोक्ता रहेको सो सामुदायिक वनले विगत तीन वर्षदेखि ३०–३० जना विपन्न उपभोक्तालाई खाट वितरण गर्दै आएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *