Sajhamanch Archive

४४२६ जनाको नमूना परीक्षण, नयाँ कोरोना संक्रमित भेटिएन

Published: in मुख्य समाचार, स्वास्थ्य by .

काठमाडौं । आज शनिवार साँझसम्म नेपालमा नयाँ कोरोना संक्रमित नथपिएका र देशभर ८२ जना आइसोलेसनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज अपरान्ह पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नयाँ कोरोना संक्रमित बिरामी नभेटिएको जानकारी गराएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार शनिवार साँझसम्म गरिएका नमूना परीक्षणमा कुनै पनि नयाँ बिरामी नभेटिएको र हालसम्म ९ जनामा कोरोना संक्रमण भएको र एक जना निको भई घर फर्किसकेको छ ।

मन्त्रालयका अनुसार शनिवारसम्म देशभर ८२ जना व्यक्ति आइसोलेसनमा रहेका छन् । जसमध्ये १५ जना काठमाडौं उपत्यका ६७ जना उपत्यकाबाहिर रहेका छन् । हालसम्म ४ हजार ४२६ जनाको नमूना परीक्षण गरिएको र त्यो मध्ये ३ हजार ३९२ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *