Sajhamanch Archive

यस्तो विपदमा परिवारसँगै बस्ने इच्छा हुने रहेछ

Published: in परदेश (प्रवास), विचार/ब्लग, , by .

म अहिले दुबईमा छु । वैदेशिक रोजगारीको सिलसिलामा म यहाँ आएको हुँ । चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । अहिलेको समय जटिल बन्दै गएको छ दिनानुदिन ।

म पनि भिसा अवधि सकिएरर घर फर्किने योजनामा छु । तर फर्किन पाइरहेको छैन । अहिले विश्व नै लकडाउन चपेटामा परेको छ । एयरपोर्ट बन्द छन् । घर जानेहरु पनि बन्दी जस्तो भएर बसेका छन् । यहाँ बस्ने नेपालीहरु कतिको जागिर छुट्यो ।कतिले काम पाएका छैनन् । कोठाबाट बाहिर निस्कन पनि डरमर्दो छ । मास्क, ग्लोब्स लगाएर लाएर हिड्नु पर्ने बाध्यता छ । कोरोनाले गर्दा घर जान पनि डराएका छन् । किनकि महामारी लिएर आएको छ कि भन्ने शंका पनि हुन्छ । यस्तो जोखिम परिस्थितिमा सचेत जागरुक भएर अगाडि बढ्ने अवस्था आएको छ ।

विश्वभर फैलिएको यो भाइरसले अहिलेसम्ममा एक लाख २० हजारजना भन्दा धेरैको मृत्यु भइसकेको छ । यस्तो परिस्थितिमा आफू सचेत बनेर घर परिवारलाई बचाउने प्रयास गर्नुपर्छ । भिडभाडमा नजाने, ग्लोब्स लगाउने, माक्स लागाउने र सरसफाइमा बिशेष ध्यान दिनुपर्छ । अहिलेसम्म म पनि सुरक्षित छु। मान्छेहरु डराएको देखिन्छ । सबैको मुखमा कोरोना भाइरस शब्दमात्र झुन्डिएको छ । मान्छेहरुको मनोबल घट्दै गएको छ । कुन बेला कस्तो बेला कोरोनाले भेटाउँछ भनेर मानिसहरु दिनानुदिन दुखित र पीडित भएको देखिन्छ । मान्छेहरू मानसिक तनावमा गइरहेको देखिन्छ । अहिलेको विश्व आतंकित भएको छ।

                       अमित संग्रौला, दुबई

र्कोतर्फ लकडाउनले गर्दा खाद्यान्न सामान कमि भएको छ । दैनिक उपयोग हुने दाल, चामल, चिनी विभिन्न कुराको अभाव भइरहेको छ । दैनिक ज्याला मजदुरी गर्नेहरु भोकभोकै हुनु परेको छ । यस कुरामा सरकारको पनि सहयोग हुनुपर्ने देखिन्छ । अहिले विश्व नै महामारीमा फसेको छ । तसर्थ आत्मबल बढाएर सकारात्मक बनेर कोरोना विरुद्ध लड्ने हो ।

लकडाउनले सबै मानिसहरु आफ्नो आफ्नो घर घरमा छन् । धेरै खाली समय बढेको छ । सिर्जनात्मक रचनात्मक बनेर समयको उपयोग गर्ने, छोराछोरीलाई विभिन्न कुराहरु सिकाउन सकिन्छ । खाना बनाउन, ओछ्यान मिलाउन परिवारसँग आत्मीयता प्रेम आदानप्रदान गर्न सकिन्छ । महामारीको समय छ, बाहिर खासै हिंडडुल नगर्ने र घरमै परिवारसँग रमाइलो गर्ने तथा बढीमात्रामा सिर्जनात्मकमा ध्यान दिन जरुरी छ । व्यवहारिक ज्ञान सिक्न आवश्यक छ ।

म दुबईमा विगत दुई वर्षदेखि बस्तै आएको छु । महामारीले विश्व नै आतंकित बनाइरहेको बेलामा यो समयमा घर परिवारको धेरै याद आउँदो रहेछ । अहिले दुबईको कतिपय क्षेत्रमा पनि लकडाउन छ । अझै केही हप्ता हुने यहाँको सरकारले जनाएको छ । कोरोना भाइरस विरुद्ध सचेत बनेर जागरुक नागरिक बनेर, सुरक्षित बनौं र खुसी होऔं । लकडाउनको उपयोग गरौं । कोरोना भाइरसलाई परास्त गर्न घरमै बसौं र सरकारलाई पनि सहयोग गरौं ।

स्थायी टुङ्गोः बिर्तामोड झापा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *