Sajhamanch Archive

प्रदेश १ मा कसैमा कोरोना संक्रमण छैनः कोरोना सूचना डेस्क

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडीटी)बाट जम्मा ८२६ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा एकजनाको रिपोर्ट पोजेटिभ आएको छ थियो भने ८२५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

हिजो झापाको हल्दिबारीका ३९ वर्षका एकजना पुरुषको आरडीटीमा पोजेटिभ देखिएको थियो तर कोशी अस्पताल विराटनगरमा पिसिआरबाट आज परीक्षण गर्दा नेगेटिभ आएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कोरोना सूचना डेस्कका अनुसार हालसम्म दुवै विधिबाट आएको परीक्षणहरुको नतिजा नेगेटिभ छ । अर्थात कसैमा कोरोना रोगको संक्रमण देखिएको छैन ।

ल्याबमा गरिने परीक्षण (पीसीआर) विधिबाट बुधबारसम्म ३४१ जनाको नमूना परीक्षण भएको छ । जसमध्ये ६५ महिला र २७६ पुरुष छन् । परीक्षण नतिजा ४९ महिला र २४३ महिलाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।

पीसीआर विधिबाट नमूना परीक्षण गरिएका मध्ये ५८ जनाको रिपोर्ट आउन बाँकी छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमूना परीक्षण हुँदै आएको छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणलाई तिव्रता दिएको जनाएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बिहीबारसम्म ५६८ जना रहेको छ । जसमा ४ महिला र ४६ पुरुष डिस्चार्ज भएका छन् । ६८ महिला र ५०० पुरुष क्वरोन्टाइनमा बसिरहेका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा जम्मा आठ जना छन् ।

होम क्वारेन्टाइनमा ६३५ महिला र ३ हजार १८१ पुरुष गरी जम्मा ३ हजार ८१६ जना बसिरहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या हरेक दिन बढ्दो क्रममा रहेकोे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *