Sajhamanch Archive

अमेरिकामा एकैदिन २१ सय बढीको मृत्यु, साढे २९ हजार संक्रमित भेटिए

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ५ सय ६७ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म अमेरिकाका ६ लाख ७७ हजार ५ सय ७० जना कोरोनाभाइरसद्वारा संक्रमित छन् ।

संक्रमितमध्ये १३ हजार ३ सय ६९ को अवस्था गम्भीर छ भने हालसम्म ५७ हजार ५ सय ८ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो समयमा अमेरिकामा दैनिकजसो २ हजार बढीको मृत्यु हुने गरेको छ । यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने अमेरिकाले कोरोनाभाइरस संक्रमणको चरम बिन्दु पार गरिसकेको बताएका छन् ।
ऐजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *