Sajhamanch Archive

मलेसिया हिँडेका ३२ जना रोहिंग्याको डुङ्गामै गयो ज्यान

Published: in राष्ट्रिय समाचार by .

बंगलादेशदेखि डुङ्गामा मलेसिया हिँडेका ३२ जना रोहिंग्या शरणार्थीहरू जहाजमै मृत्यु भएको छ।

हप्तादिन अघि मलेसिया जान हिँडेका उनीहरु त्यहाँ पुग्न असफल भएपछि भोकका कारण जहाजमै ३२ जनाको ज्यान गएको हो।

बंगलादेशको तटिय सुरक्षाकर्मीहरूले बिहीबार ३९६ जना भोकले बचेकाहरुको उद्धार गरेका छन्।

मानवअधिकारवादीहरूको एक समूहले अझैपनि मुस्लिम अल्पसंख्यक रोहिंग्या सवार रहेका अरु थुप्रै डुंगा समुद्रमै छन्। कोरोना भाइरसका कारण मलेसिया र थाइल्यान्डमा लकडाउनमा रहेका कारणले उनीहरूलाई शरण पाउन कठिनाइ भइरहेको छ।

‘उनीहरू करीव दुई महिनादेखि समुद्रमै थिए र भोको थिए’ बगंलादेशको तटगार्डका एक अधिकारीले रोयटर्सलाई  भनेका छन्।

उनीहरूलाई बुधबार बेलुकातिर जजबाट किनारमा ल्याइएको थियो। एक अधिकारीका अनुसार जहाजमा बाँचेका ३९६ जनालाई संयुक्त राष्ट्र शरणार्थी एजेन्सीलाई हस्तान्तरण गरिनेछ।

उनले सुरुमा ती बाँचेकाहरुलाई म्यानमार पठाउने भनेको थियो।

पहिला मृतकको संख्या २४  भएको जानकारी दिइएको भएपनि पछि त्यसलाई सच्याउँदै ३२ भएको जानकारी दिइएको थियो।

जहाजका एक शरणार्थीले ‍ उनीहरु दुई पटक मलेसियाबाट फर्किएको बताएका छन्। यात्रु र चालक दलबीच कुरा नमिले पछि जहाजमै झगडा भएको उनले बताए।

यसमा मलेसियाका अधिकारीहरूले कुनै टिप्पणी वा प्रतिक्रिया दिन चाहेनन्। ‘ती व्यक्ति, महिला र केटाकेटी सबैजना करिब दुई महिनासम्म समुन्द्रमै दयनीय अवस्थामा थिए। त्यसमध्ये कति कुपोषित पनि छन्,’ संयुक्त राष्ट्र संघको शरणार्थी निकाय (युएनएचसिआर)ले रोयटर्ससँग भन्यो।

युनएचसिआरले जारी गरेको एक विज्ञप्ति अनुसार उसले सरकारलाई ती व्यक्तिहरुलाई क्वारेन्टाइनमा सार्न मद्दत गर्नुका साथै र  चिकित्सा सेवा समेत प्रदान गर्ने जनाएको छ।

त्यसैगरी मिडिया रिपोर्टहरूमा उसक्त समूहलाई भाइरस संक्रमण भएपनो प्रमाणीत नगरिएको जनाइएको छ।

बौद्ध बहुसंख्यक म्यानमारले रोहिंग्यालाई आफ्ना नागरिकको रूपमा लिएको छैन। उनीहरूले रोहिंग्याहरुको आवागमन स्वतन्त्रता मात्र नभइ स्वास्थ्य सेवा र शिक्षामा समेत कडा अंकुश लगाएका छन्।

म्यानमारले रोहिंग्यालाई कुनै आदिवासी जातीय समूह नभइ दक्षिण एसियाबाट आएका आप्रवासी भन्ने गरेको छ।

दक्षिणी बंगलादेशको शरणार्थी शिविरमा १० लाख भन्दा बढी शरणार्थी बस्छन् र तीनमा अधिकांश सन् २०१७ को सैणिक कारवाहीपछि निकालिएका रोहिंग्या शरणार्थी रहेका छन्।

म्यानमारका रोहिंग्याले धेरै वर्षदेखि दक्षिणपूर्व एशियामा शरण पाउने आशामा तस्करहरूको डुङ्गामा यात्रा गरिरहेका छन्। उनीहरूले त्‍यो यात्रा समुन्द्र शान्त हुने नोभेम्बरदेखि मार्चसम्मको सुख्खा मौसममा गर्ने गरेका छन्।

केशाहको उत्तर पश्चिमी राज्यका एक प्रहरी अधिकारीले रोयटर्सलाई  बताए अनुसार धेरै डुङ्गा मलेशियन तटमा पुग्न खोजिरहेका हुन्छन्। त्यसैले अनुगमनमा विशेष कडाइ हुने गरेको छ।

दक्षिणी थाइल्याण्डका एक प्रहरी अधिकारीले सोमबार राती पनि रोहिंग्या बोकेका पाँच डुँगा सतुन प्रान्तको तटमा देखिएको जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *