Sajhamanch Archive

आज विदेशी मुद्राको मूल्यमा घटबढ

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रिदर २९ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३० रुपैयाँ ०८ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०४ पैसा र बिक्रिदर २७ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रिदर ९ रुपैयाँ ७४ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३ सय ६५ रुपैयाँ ०९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ५२ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ११ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
उज्यालो खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *