Sajhamanch Archive

ओली र दाहाल झन् आक्रामक बन्दै : कांग्रेसको आपत्ति 

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले डा। गोविन्द केसी राजनीतिक स्वार्थको सिकार बनिरहेको आरोप लगाएका छन् ।

डा. केसीलाई प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीतिक हतियार बनाएर वार्ता गर्ने प्रक्रियामा समेत अवरोध पुर्‍याइरहेको उनीहरूले बताए ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औं स्मृति दिवसमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ।

‘वार्ता पनि विधि र प्रक्रियाबाट हुन्छ तर यहाँ यस्तो हुन सकिरहेको छैन । तैपनि हामी भनिराखेका छौं, आउनुस् वार्ता गरौं,’ कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘ठूल्ठूला युद्धको निकास त वार्ता र संवादबाटै भएको छ ।’

उनले चिकित्सा क्षेत्र सुधारका लागि सरकार बहस गर्न तयार रहेको तर हठ मान्य नहुने ओलीको भनाइ थियो । केसीको मागअनुसारै चिकित्सा शिक्षा आयोग बनाउन तयार रहेको बताउँदै उनले त्यसको नेतृत्व गर्नसमेत केसीलाई आग्रह गरे ।
‘मागअनुसार आयोगको अध्यक्ष बन्नु न त भन्दा पनि मान्नुहुन्न,’ उनले भने । स्वास्थ्य परीक्षण गर्न नदिएर आफैंविरुद्ध मानव अधिकार हनन गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ ।

‘उहाँको मुद्दा के हो, माग के हो सडकमा हेुर्नुभयो भने स्पष्ट हुन्छ, किसिम–किसिमका मान्छेहरू, कोही गेरु बस्त्र, कोही संन्यासी रूप, कोही ठाडो चन्दन, कोही तेर्सो चन्दन लगाएका ।

मुसा खाने जस्तो कोही लाग्दैन, अनौठा–अनौठा दृश्य छन् ।’
‘यो कस्तो सत्याग्रह हो रु सत्याग्रहीमा यस्तै पाखुरा ठडयाउने, मुड्की बजार्ने, आफ्नो समूह बनाई जाँच्न दिन्नँ भन्न मिल्छ र’ प्रधानमन्त्री ओलीले भने, ‘अनशन बस्ने डा। केसी, अनशन कायम राख्ने अरू, बिरामी हुने डा.केसी, उपचार हुन नदिने अरू ।
अरूको जीवनमाथि खेलबाड गर्न पाइन्छ रु राजनीतिक स्वार्थका लागि उपचार गर्न दिन्नँ भन्न पाइन्छ र’
केसीको जीवनसँग कांग्रेसले राजनीतिक स्वार्थको रोटी सेकिरहेको ओलीको टिप्पणी थियो ।

उनले अनशनका पक्षमा सडक प्रदर्शनमा निस्किने पूर्वप्रधानन्यायाधीशदेखि अन्य नागरिक अभियन्तामाथि समेत आक्रोश पोखे ।
‘उहाँको मुद्दा के हो, माग के हो सडकमा हेर्नुभयो भने स्पष्ट हुन्छ, किसिम–किसिमका मान्छेहरू, कोही गेरु बस्त्र, कोही संन्यासी रूप, कोही ठाडो चन्दन, कोही तेर्सो चन्दन लगाएका । मुसा खाने जस्तो कोही लाग्दैन, अनौठा–अनौठा दृश्य छन् ।’

उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सडक आन्दोलनका क्रममा दिएका अभिव्यक्तिप्रति पनि आपत्ति जनाए ।

‘ठूल्ठूला न्यायिक निकायमा बसेकाहरू निषेधाज्ञा तोड्न किन पाइँदैन भन्दै हिँडेका छन्,’ उनले भने, ‘दुई–चार कक्षा पढेको छैन, त्यसले के जान्दछ कानुन भन्छन्, मसँग सर्टिफिकेट हेर्न त आउनुभएको छैन ।’
उनले सडक आन्दोलन र अनशनलाई पनि फुर्सदका बेला गरेको क्रियाकलाप भने ।

जुलुस र अनशन नै मुलुकको सम्पूर्णता होइन,’ उनले भने, ‘हामी आवेश र उत्तेजनामा छैनौं, प्रतिपक्षसँग पनि कुरा गर्छौं, जनताको हितमा छ भने छलफल गरेर विधेयक सच्याउन पनि सकिन्छ तर संसद्मा नगई कसको हुकुम, आदेश र फर्मा हामीले मान्नुपर्‍यो र’ जीवनरक्षाका लागि केसीलाई जुम्लाबाट ल्याउन खोज्दासमेत रोक्ने प्रयास गरेको भन्दै उनले कांग्रेसको आलोचना गरे ।

चिकित्सकले अस्पतालमा आन्दोलन र हडताल गरेकोप्रति पनि उनले आपत्ति जनाए । ‘उपचार गर्न भनेर जागिर खाने अनि उपचार नै बन्द गर्ने रु हडताल गर्न पाइँदैन,’ उनले भने ।

प्रधानमन्त्री बोल्नुअघि नेकपा अध्यक्ष दाहालले पनि विपक्षी कांग्रेसले लासमाथि राजनीति गर्न खोजेको आरोप लगाए । ‘उहाँको जीवनरक्षा गर्ने दायित्व सरकारको हो तर अर्को पक्ष जीवनरक्षाको पक्षमा छैन ।

तथाकथित लोकतान्त्रिक भन्ने तागतले सायद उहाँको हत्या गर्न र लासको राजनीति गर्न चाहेको हो कि रु’ दाहालले भने, ‘यो के विडम्बना हो रु वार्ता टोली बनाएको छ, सरकारले जीवनरक्षा गर्न लागेको छ अनि सरकारैमाथि, नेताहरूमाथि आरोप नै आरोप, यो के चिज हो रु’

लोकतान्त्रिक भन्ने कांग्रेसको सरकारकै बेला केसी सबैभन्दा बढी अनशन बसेको उल्लेख गर्दै उनले त्यतिबेला के हेरेको भन्दै प्रश्न गरे । ‘अहिले त गोविन्द केसी समाजले पचाइसकेको छ उहाँ बसिराख्नु हुन्छ । उहाँसँग वार्ता हुन्छ, सहमति हुन्छ ।

त्यो पनि सामान्य प्रक्रिया हो, यसमा अनौठौ मान्नु हुँदैन,’ दाहालले भने, ‘केसीसँग वार्ता गर्न तयार छौं । कति लचिलो हुनुपर्ने हुन्छौं, जीवनरक्षाप्रति संवेदनशील छौं ।

तर, यहाँ कांग्रेसले खोजेको चाहिँ के हो रु डा। केसीमार्फत आफ्नो राजनीति गर्न खोजेको हो रु के कांग्रेसको अब अरू कुनै एजेन्डा छैन रु हो भने कांग्रेस अब सकियो ।’

कांग्रेसको आपत्ति

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले सोमबार दिएको सार्वजनिक अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएको छ ।

डा . गोविन्द केसी र उनको मुद्दालाई समर्थन गर्नुलाई त्यान्त्रो समाएर राजनीतिक गरेको भन्नु आपत्तिजनक भएको उल्लेख गर्दै कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र भनेको लाख मान्छेले जुलुश गर्न पाउने अधिकार मात्रै होइन, केवल एक व्यक्ति मात्रैले पनि न्यायका लागि आवाज उठाउ‘छ भने राज्यले त्यसलाई सुनुवाई गर्नु बास्तविक लोकतन्त्र हो ।’

कांग्रेसले डा। केसी एक व्यक्ति मात्र नभई आम नेपालीले समर्थन गरिरहेका अभियन्ता रहेको बताएको छ ।

– कान्तिपुर समाचारबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *