Sajhamanch Archive

प्रदेश १ मा आरडिटी र पीसीआर विधिबाट कोभिड–१९ परीक्षण नतिजा यस्तो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आइतबारसम्म दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने संख्यासमेत थपिएको छ । पीसीआर विधिबाट जम्मा ३८७ जनाको स्वाब परीक्षण गरिएको छ । यसैगरी आरडीटी विधिबाट जम्मा दुई हजार २८१ जनाको नमूना परीक्षण भएको जनाइएको छ ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमूना परीक्षण हुन्छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टिनहरुमा भने द्रुत विधिबाट परीक्षण गरिरहेको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल ६७६ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ६ महिला र १७ पुरुषसहित २३ जना बसिरहेका छन् ।

होम क्वारेन्टाइनमा जम्मा चार हजार २२३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण भएको छ । दुई जना नेपाली र ११ जना भारतीय नागरिकमा कोरोना भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *