Sajhamanch Archive

घोगा लाग्यो मकै फलेन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by .

कमल । झापाको कमल गाउँपालिका वडा नं. ७ का कृषक महेन्द्रप्रसाद दाहालले गरेको मकै बारीमा घोगा लागेपनि दाना लागेको छैन । कृषक दाहालले ४०–४५ हजार रुपैयाँ खर्चेर एक विगाहा ४ कठ्ठा खेतमा मकै खेती लगाएका हुन् ।

कृषक दाहालले ८२६ जातको मकै विऊ प्रतिकेजी ६५० रुपैयाँका दरले खरिद गरी गत मंसीर १९ गते रोपेको बताउँछन् । मकैको बोट र त्यसमा लागेका घोगाहरु हेर्ने हो भने २०० मन पल्ने आशा गर्न सकिन्छ तर घोगामा मकैका दाना नै नलागेको कृषक दाहालको भनाई छ ।
मकैको विऊ बिक्रेता दिनेश सामग्री भण्डार गौरादह २ का सञ्चालक लेखबहादुर थापा सोही मिति र ब्याचको विऊ अन्यत्र फलेको बताउँछन् । तर कृषक दाहालको खेतमा नफल्नुमा मौसमको कारण हुनसक्ने थापा जिकिर गर्दछन् । ।

कृषकले बढी उत्पादन गर्ने मनसायले उन्नत जात (हाईब्रिड) लगाउने चलन छ । कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोरा उन्नत जातमा पहिलो पुस्ता अत्याधिक धेरै फल्छ र त्यसैलाई कृषकलले पुनः विउमा प्रगोग गर्नाले पनि यस्तो समस्या आउने बताउँछन् । उनका अनुसार कहिले काहीँ परागसेचनका समयमा एक्कासी मौषममा आउने परिवर्तनले पनि मकैमा दाना नलाग्ने समस्या आएको हुनसक्छ ।

कृषकले लगाएको बालीमा उत्पादन नभएमा विऊ विजन नियमावली अनुसार मूल्याङ्कन समितिले गरेको निर्णयानुसार विऊ बिक्रेताले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने कानूनी प्रवधान रहेको कृषि विकास शाखा प्रमुख बोहोराले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *