Sajhamanch Archive

मेचीनगरमा तीन दिनमा ५२ जनाको एन्टीबडी परीक्षण

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य, by .

मेचीनगर । नेपालका विभिन्न जिल्लामा नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै र धमाधम संक्रमित फेलापर्न थालेपछि झापाको मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमित तथा मृतकको संख्या बढ्न थालेपछि भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको मेचीनगर नगरपालिकाले स्वास्थ्यकर्मीसहितको टोेली परिचालन गरेर घरदैलो अभियान शुरु गरेको थियोे ।

नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा शुक्रबारदेखि शुुुरु घरदैलो अभियान अन्तर्र्गत मेचीनगरका विभिन्न वडामा पुगेर टोलीले विदेशबाट आएर होम क्वारेन्टिन तथा स्थानीय सरकारले सञ्चालनमा ल्याएको क्वारेन्टिनमा बसेका दुई महिलासहित ५२ जनाको कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरिएकोे शाखा संयोजक शशीकला राईले जानकारी दिइन् ।

आज आइतबार उक्त टोेलीले दुई महिलासहित १४ जनाको एन्टीबडी परीक्षण गरेको छ । संयोजक राईका अनुसार मेचीनगर नगरपालिकाद्वारा सञ्चालित आदर्श माध्यमिक विद्यालय आयाबारीको क्वारेन्टिनमा रहेका चारजनाको भाइरसको एन्टीबडी परीक्षण गरेको हो । यस्तै वडानम्बर २ र ३ मा तीन तीनजना तथा वडानम्बर ५ मा चार जनामा कोरोना भाइरसको एन्टीबडी परीक्षण गरेको थियो ।

टोेलीले पहिलो दिन २४ जना र दोेस्रो दिन १४ जनाकोे र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको थियो ।

विदेशबाट आएको १५ देखि २७ दिनभित्रमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरेको परीक्षणको रिपोट विश्वसनीय हुने संयोजक राईको भनाई छ । स्वास्थ्यकर्मीको टोलीले विदेशबाट आएर होम क्वारेन्टिन तथा स्थानीय सरकारले सञ्चालनमा ल्याएको क्वारेन्टिनमा बसेका बाहेक प्रहरी हिरासतमा रहेकाहरुको समेत र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *