Sajhamanch Archive

प्रदेश १ मा ३,२६८ जनाको कोरोना परीक्षण

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा सोमबारसम्म तीन हजार २६८ जनाको कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार आरडीटी विधिबाट जम्मा २ हजार ६०९ जना र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पीसीआर)–बाट ६५९ जनाको परीक्षण गरेको हो ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमूना परीक्षण हुन्छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टिनहरुमा भने द्रुत विधिबाट परीक्षण गरिरहेको जनाएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टिन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल ८२५ जना पुगेको छ । १० जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ८ महिला र २७ पुरुषसहित ३५ जना बसिरहेका छन् । आइसोलेसनबाट सोमबार दुईजना पुरुष डिस्चार्ज भएका छन् ।

होम क्वारेन्टिनमा जम्मा ४ हजार ३४३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *