Sajhamanch Archive

बेलायतबाट लगाउन थालियो कोरोनाविरुद्धको खोप

Published: in विश्व समाचार by .

काठमाडौं । विश्वलाई आक्रान्त बनाइरहेको कोरोना (कोभिड–१९) भाइरसविरुद्धको खोप मानिसमा लगाउन थालिएको छ ।

कोरोना भाइरसले एक लाख ९० हजार बढी मानिसको ज्यान लिइसकेको अवस्थामा पहिलोपल्ट कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण थालिएको हो । उक्त कोरोना विरुद्धको सम्भावित खोपको परीक्षण बेलायतबाट थालिएको हो ।

बेलायतमा मानिसमा लगाउन थालिएको कोरोनाविरुद्धको खोपले विश्वलाई एउटा आश जनाएको छ । कोरोनालाई चाँडै नै निर्मूल गर्ने आश अब बढेर गएको छ ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीले पहिलो पटक सम्भावित खोपको परीक्षण शुरु भएको जनाएको हो । खोपको परीक्षणका लागि दुई जनालाई खोपको मात्रा प्रदान गरिएको बीबीसीले लेखेको छ । परीक्षणका लागि आठ सय बढी मानिसले आफ्नो नाम लेखाए पनि दुई जनामा गरिएको हो ।

त्यसमध्ये आधालाई कोरोना भाइरसविरुद्धको खोप दिइने छ र आधालाई कोरोनाको नभई मेनेन्जाइटिस विरुद्धको खोप दिइने छ । यदि यो नियन्त्रणमा आए कोरोनालाई नियन्त्रण गर्ने बुझिने छ ।

तर खोप लगाउने व्यक्तिलाई भने आफूलाई कुन खोप दिइएको छ भन्ने थाहा हुने छैन । बीबीसीले डाक्टरलाई मात्रै यसबारे जानकारी हुने बताएको छ । दुई जनामध्येकी एक एलिसा ग्रानाटोले आफू पनि एक वैज्ञानिक भएकाले वैज्ञानिक कार्यलाई सहयोग गर्ने उद्देश्यले खोप लगाउने निर्णय गरेको बताएकी छिन् ।

अक्सफोर्ड युनिभर्सिटीकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिनाभित्रै निर्माण गरेको खोप मानवीय परीक्षणमा गएको हो । बेलायतमा कोरोना संक्रमितको संख्या एक लाख ३८ हजार ७८ तथा मृतकको संख्या १८ हजार ७३८ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *