Sajhamanch Archive

आन्तरिक तथा बाह्य उडान मे १५ सम्म स्थगित, लकडाउन एक हप्ता थपिने संकेत

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आज शनिबार काठमाडौंमा भएको बैठकले तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको छ । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द राख्ने गरी निर्णय भएको छ ।

‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो, यसलाई मे १५ सम्म लम्ब्याउने निर्णय भएको छ’ प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन् ।

लकडाउनको समयावधि सकिनै लागेको तर कोरोना संक्रमणको दर फैलिँदै गएको अवस्थामा कसरी जाने भन्ने सम्बन्धमा छलफल भइरहेको पनि बताइएको छ । उच्चस्तरीय समिति स्रोत भन्छः संक्रमण दर र भूगोल हेरेर तीन वर्गमा विभाजन गरी लकडाउनको प्रकृति फरक फरक बनाउन सकिने सम्भावना पनि छ ।

यद्यपी, लकडाउन थप एक हप्ता बढाउने विषयमा पनि गम्भीर छलफल भइरहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *