Sajhamanch Archive

बिर्तामोड खानेपानीको महशुल अब घर बसेरै तिर्न सकिने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । यहाँस्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आज आइतबारदेखि डिजिटल बिल भुक्तानीको सुरुवात गरेको छ ।

कोभिड–१९ संक्रमणको सन्त्रासले नगदको कारोबार गर्नसमेत असहज हुँदै गर्दा संस्थाले डिजिटल भुक्तानीको प्रबन्ध मिलाएको हो । संस्थाका सचिव मेघराज बाँस्तोलले दिएको जानकारी अनुसार आज वैशाख १४ गतेबाट बिर्तामोड साना शहरी खानेपानी उपभोक्ता संस्थाका सदस्यहरुले घरमा नै बसेर महशुल भुक्तानी गर्न पाउने भएका हुन् ।

आफ्नै मोवाइल वालेटमार्फत् बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपबाट अनलाइनमार्फत् बिल भुक्तानीको सेवा सुरु गरेपछि अब खानेपानीका उपभोक्ताले महशुल बुझाउन पैसा बोकेर कार्यालय पुगिरहनुपर्ने झन्झटको अन्त्य भएको सचिव बाँस्तोलाको भनाई छ । उनका अनुसार फोन पे नेटवर्क, कनेक्ट आइपीएस, खल्ती, इसेवा, क्युआर कोड पेमेन्ट र वालेट इन्टिग्रेसन जस्ता मोवाइल एप्सहरुबाट महशुल भुक्तानीको व्यवस्था मिलाइएको हो । कुनै पनि एप्स भित्र मर्चेन्ट सेवामा गएर बिर्तामोड साना शहरी खानेपानी खोज्ने र आफ्नो ग्राहक नम्बर इन्ट्री गरेपछि आफ्नो वक्यौता बील देखिने व्यवस्था मिलाइएको छ ।

आजबाट महशुल बुझाउँदा अधिकांश ग्राहकले जरिवानासहितको महशुल नै इन्ट्री हुने जानकारी गराउँदै सचिव बाँस्तोलाले देशभरका खानेपानी आयोजनाहरु तथा महासंघसमेतको निर्णय पछि उक्त जरिवाना रकम आगामी बीलमा समायोजन गरिने बताएका छन् । समयमा नै महशुल भुक्तानी गर्दा ग्राहकले पाउने रिवेटको सुविधा निर्वाधरुपमा पाउने सचिव बाँस्तोलाको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *