Sajhamanch Archive

झापामा कोरोना संक्रिमत भेटिएपछि शिवसताक्षीमा कडाई

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

शिवसताक्षी । झापाको दुई पालिकामा कोरोना संक्रमण भेटिएपछि अन्य पालिकाहरुले लकडाउनलाई थप कडाई गर्न थालेका छन् ।

झापाको शिवसताक्षी नगरपालिकाले लकडाउनलाई थप कडा बनाउँदै सीमा क्षेत्रका निगरानी बढाउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले उद्योग बाणिज्य संघको समन्वयमा अति आवश्यक वस्तुहरुको पसल दिउँसो १२ बजेदेखि २ बजेसम्म खोल्ने अनुमति दिएको थियो । तर बजारका धेरै जसो पसल खुलेर भीडभाड देखिन थालेपछि २४ सैै घण्टा पसल बन्द गर्ने निर्णय भएको नगरप्रमुख चन्द्रकुमार सेर्माले जनाकारी दिए । उनका अनुसार दमक नगरपालिका र ब्राहदशी गाउँपालिकामा कोरोना संक्रमण देखिएपछि लकडाउनलाई थप कडा बनाउन लागिएको हो । लकडाउनले सबैलाई असहज परिस्थितिको सृर्जना गरेको भएपनि कोरोना भाइरसको जखिमबाट बच्न र बचाउन नगरबासीले लकडाउनको पूर्ण रुपमा पालना गर्न नगरप्रमुख सेर्माले आग्रह समेत गरेका छन् ।

झापाका दुई पालिकामा कोरोना संक्रमित भेटिएपछि नगर स्तरीय सर्वदलिय समितिले लकडाउनलाई कडा बनाउन सुझाब दिएका थिए । सोमबार गृह मन्त्रालले लकडाउन थप कडाइ राख्न जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको थियो ।

यो संगै शिवसताक्षीमा लकडाउनको अवज्ञा गरे प्रहरीले पक्राउ गरि कार्वाही गर्ने इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

नगरले सीमा क्षेत्रको कडाई गर्दै माइधार र धरमपुरमा हेल्थ डेक्स राख्ने भएको छ । सो स्थानमा मंगलबारदेखि स्वास्थ्यकर्मी परिचालित हुने नगरपालिकाले जनाएको । शिवसताक्षी नगरपालिका भित्र प्रवेश गर्ने जो कोहीले पनि अब स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश पाउने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *