अमेरिकी रक्षा मन्त्रालयले जारी गर्यो उडनतस्तरका तीन भिडियो
Published:
by .अमेरिकी रक्षा मन्त्रालयले ‘हावामा देखिने केही अस्पष्ट वस्तु’का तीन भिडियो जारी गरेको छ ।
पेन्टागनले आफ्नो आधिकारिक बयानमा भनेको छ, ‘हामी कुनै पनि प्रकारको गलत धारणा र भ्रम हटाउन चाहन्थ्यौं तसर्थ यो भिडियो सार्वजनिक गर्ने निर्णय गर्यौं ।’
यो भिडियो सन् २००७ र सन् २०१७ मा नै लिक भइसकेको थियो र यसबारे विभिन्न प्रकारका हल्ला चलेका थिए ।
कति मानिसहरुका अनुसार यी वास्तविक थिए भने कतिले पनि यसलाई वास्तविक मान्न अस्विकार गरिरहेका थिए । यसै भ्रमको स्थिती चिर्नका लागि पेन्टागनले भिडियो सार्वजनिक गर्दै यो साँचो भएको दाबी गरेको छ ।
यीमध्ये दुई भिडियो न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो र अर्को भिडियो गायक टम डिलोग्नको संस्थाले लीक गरेको थियो ।
जब यो पहिलो पटक लिक भएको थियो तब केही व्यक्तिले यसमा एलियन पनि देखिएको बताएका थिए । सामान्य बोलीचालीको भाषामा आकाशमा देखिने यस्तो प्रकारको वस्तुलाई अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट्स ९यूएफओ० वा उडनतस्तर भनिन्छ ।
भिडियोमा के छ ?
न्यूयोर्क टाइम्सका अनुसार यीमध्ये एक भिडियो नौसेनाका दुई फाइटर पाइलटले खिचेका थिए । यो भिडियोमा एउटा गोलाकार वस्तुलाई प्रशान्त महासागरको पानीमाथि ९लगभग १६० किलोमिटर० उडिरहेको देख्न सकिन्छ ।
अन्य दुई भिडियो सन् २०१५ मा खिचिएका थिए । यसमा पनि केही वस्तु हावामा उडिरहेको देख्न सकिन्छ ।
यीमध्ये एक भिडियोमा कुनै वस्तुलाई हावामा घुमिरहेको देख्न सकिन्छ । यो भिडियोमा एक पाइलटले भनिरहेका छन्, ‘यो हेर यार १ यो गोलाकारमा घुमिरहेको छ ।’
पेन्टागनले आफ्नो एक बयानमा भनेको छ, ‘हामीले यी तीनवटै भिडियोलाई पूर्ण अनुसन्धान गरेका छौं र यो सार्वजनिक गर्दा कुनै प्रकारको संवेदनशील जानकारी बाहिर नआउने र एयर स्पेसमा हाम्रो सेनालाई कुनै क्षती नहुने निष्कर्ष निकाल्यौं ।’
बयानमा भनिएको छ, ‘रक्षा मन्त्रालयले यी भिडियो यसकारण जारी गरिरहेको छ किनभने मानिसहरुले यसको वास्तविकताबारे थाहा पाउन् । भिडियोमा देखिएको यो वस्तु अस्पष्ट छ तसर्थ यसलाई ‘अनआइडेन्टिफाइड’ मानिएको छ ।’
स्रोतः बीबीसी
Comments