Sajhamanch Archive

वाणिज्य संघ होस् त मेचीनगरको जस्तो, घरघरमै खाद्यान्न पुर्याउने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

धुलाबारी । मेची उद्योग वाणिज्य संघ मेचीनगरले कोरोना भाइरसको त्रासका कारण सरकारले जारी गरेको लकडाउनको अवधिमा सर्वसाधारणको सुविधाका लागि उपभोग्य बस्तुहरु टोलटोलमा पुर्याएर बिक्री गर्दै आएको छ ।

उद्योग वाणिज्य संघले मेचीनगर नगरपालिकाको स्थापना गरेको विपद व्यवस्थापन कोषमा नगद सहयोग गर्नुका अतिरिक्त मेची नगरबासीलाई अत्यावश्यक खाद्यान्नहरु घरघरमै पुर्याउन घरदैलो कार्यक्रम संचालन गर्दै आएको महासचिव ध्रुव कनालले बताएका छन् ।

लकडाउनको अवधिमा स्थानीय बासिन्दाहरु घर बाहिर निस्कन नपरोस् भन्ने उद्देश्यले नगरका टोलटोलमा खाद्यान्नका सामग्री ढुवानी गरी बिक्री वितरण गरिँदै आएको महासचिव कनालको भनाई छ । उनका अनुसार नगरक्षेत्रका बिरामीहरुका लागि अत्यावश्यक औषधिहरू भारतबाट समेत मगाएर उपलब्ध गराइरहेको छ ।

‘संघले लकडाउनको शुरूवातदेखि नै नगरका विभिन्न स्थानहरूमा सागसब्जी बिक्रीवितरण गर्दै आइरहेकोमा पछिल्लो समयमा सुपथ मूल्यमा खाधान्न बिक्री सेवा शुरूवात गरेको हो’ महासचिव कनालले साझामञ्चलाई बताएका छन् ।

उनका अनुसार संघले हालसम्म मुसुरो दाल १५०० केजी, सनफ्लावर तेल २२०० लिटर, तोरीतेल ८०० लिटर, आँटा २००० केजी, चिनि २५०० केजी, नून २५०० केजी र चामल ४००० केजीभन्दा धेरै बिक्री वितरण गरिसकेको छ । यस्तो कार्यलाई संघले लकडाउनको अवधिभर निरन्तर सञ्चालन गरिरहने निर्णय भएको महासचिव कनालले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *