Sajhamanch Archive

हिजोको तुलनामा बुधबार विदेशी मुद्राको मूल्य बढ्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं  ।  हिजोको तुलनामा बुधबार विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रिदर २९ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रिदर ३० रुपैयाँ ३८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३० रुपैयाँ ११ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०६ पैसा र बिक्रिदर २७ रुपैयाँ २१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रिदर ९ रुपैयाँ ८० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर ३ सय ६५ रुपैयाँ ५५ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९१ रुपैयाँ २० पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ७९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

-उज्यालो खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *