अमेरिकाबाट खनाल दम्पतीले दिए नगरको कोषमा सहयोग
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको राहत कोषमा अमेरिकामा बस्दै आएका खनाल दम्पत्तीले सहयोग रकम दिएका छन् ।
शिवसताक्षी नगरपालिकाका वडा नं. ११ निवासी निधिकान्त खनाल र निर्मला भण्डारी खनाले २० हजार ५ नगद नगरपालिकाको कोरोना प्रकोप रोकथाम कोषमा सहयोग जम्मा गरेका हुन् ।
दम्पतीले अमेरिकामा पठाएको रकम निधिकान्तका बुबा दधिराम खनालले मंगलबार शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मालाई हस्तान्तरण गरेका छन् ।
खनाल दम्पतीसहित दुई छोरा हाल अमेरिकाको ट्याक्सेसमा बस्दै आएका छन् । आफु पनि अमेरिकामा कोरोनाको लडाईमा लडिरहेका बेला यो विपतमा शिवसताक्षीमा रहेका विपन्न परिवारको चुलो बाल्ल उनीहरुले सहयोग गरेको बताएका छन् ।
राहत रकम बुझ्दै नगरप्रमुख चन्द्रकुमार शेर्माले यस नगरभित्र स्थायी घर भई अमेरिकामा कर्म थलो बनाउनु भएका सहयोगी हातहरुलाई धन्यवाद दिएका दिए ।
हिजो सोमबार अमेरिकामा बस्दै आएका नेपालीले २ लाख ३६ हजार बढी रकम नगरको कोषमा जम्मा गरेका थिए ।
Comments