सरकारको विरोध हुने भन्दै करोडौंका उपकरण किन्ने निर्णय गोप्य
Published: (Updated: )
by .काठमाडौं । सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सातवटा वाटर क्यानल हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले यो निर्णय गोप्य राखेको छ । नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएका उपकरण किन्दा विरोध हुने भएकाले निर्णय गोप्य राखिएको हो ।सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले प्रहरीका लागि खरिद गर्न लागिएका यी सामाग्रीबारे बताएका छैनन् ।
‘हाल आवश्यक नरहेको सामाग्री खरिद गर्ने निर्णय सार्वजनिक हुँदा सरकारको विरोध हुनसक्ने भन्दै गोप्य राखिएको हो,’ गृह मन्त्रालय स्रोतले भन्यो । नागरिक दैनिकबाट।
Comments