Sajhamanch Archive

कमल गाउँपालिमा वडा कार्यालय भवन शिल्यान्यास

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ५ को निर्माणाधिन वडा कार्यलयको भवनको शनिबार प्रदेश नं. १ का सभासद अर्जुन राई र कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संयुक्त रुपमा शिल्यान्यास गरेका छन् ।

स्थानीय सरकारका वडा कार्यालय सेवाग्राहीका आधारभूत आश्यकता पुरा गर्ने महत्वपूर्ण अङ्ग भएकाले वडा कार्यालय भवन बनाउन लागिएको हो । भवन निर्माणका लागी प्रदेशसभा निर्वाचनक्षेत्र पुर्वाधार विकास कार्यक्रमको बजेटबाट भवन निर्माणको कार्य सुरु गर्न लागिएको १ नम्वर प्रदेशका सांसद अर्जुन राईले जानकारी दिए ।

यस आर्थिक वर्षको बजेटबाट भवनको निर्माणकार्य सुरु गर्ने र आगामी आर्थिक वर्षको बजेटबाट निर्माण सम्पन्न हुने गरी शिल्यान्यास गरिएको र अन्य वडामा पनि क्रमश भवन निर्माण गर्दै लगिने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

वडाको भवन निर्माणका लागी स्थानिय सन्ताष कार्की, रामकुमार, नगेन्द्र बहादुर, विष्णु, पे्रमबहादुर र कृष्ण कार्कीले थए । उनीहरुले आफ्ना स्व. बुबाआमा चीनबहादुर कार्की र चन्द्रकला कार्की स्मृतिमा ४५ लाख बराबरको उक्त जग्गा उपलब्ध गराएको वडा नं. ५ का अध्यक्ष डम्वर बहादुर निरौलाले जानकारी दिए ।

१ करोड ३० लाख भन्दा वढीको लगतमा निर्माणहुन लागेको वडा कार्यालयको भवन भुकम्प प्रतीरोधक र अपाङ्ग मैत्री हुने बताइएको छ । आगामी आर्थिक वर्षको अत्य सम्ममा निर्माण सम्पन्न गरिसक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुवास श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *