कमल गाउँपालिकाद्वारा कोरोना कोषको हिसाब सार्वजनिक
Published:
by .कमल । झापाको कमल गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण राहत कोषको हिसाब सार्वजनिक गरेको छ ।
पालिकाले विभिन्न संघ संस्था वा व्यक्तिबाट राहत कोषमा ४५ लाख ८६ हजार ८ सय ६ रुपैयाँ संकलन भएको जनाएको छ भने कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा ३६ लाख ७६ हजार, ८९ रुपैयाँ ५० पैसा खर्च भएको हिसाब सार्वजनिक गरेका हो ।
राहत कोषमा विभिन्न संघ संस्थाहरुबाट ११ लाख ४४ हजार ९ सय ७ रुपैया, सहकारी संस्थाहरुबाट ५ लाख ३ हजार ९ सय ७१, सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट ६ लाख ८ हजार ६ सय ५० रुपैया संकलन भएको थियो । त्यस्तै पालिकाका जनप्रतिनिधिबाट ५ लाख १ हजार, समाजसेवीले व्यक्तिगतरुपमा १ लाख ७५ हजार ४ सय ७०, कर्मचारीहरुबाट १ लाख ५२ हजार ८ सय ८, गाँउपालिकाको विपत्त कोषबाट १० लाख र प्रदेश सरकारबाट ५ लाख संकलन गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् ।
त्यसैगरी खर्च तर्फ औषधी तथा औषधीजन्य सामानहरु ५ लाख ९२ हजार १ सय ६१ रुपैँयाँ ५० पैसा, स्वास्थयकर्मी, क्वारेन्टाइनमा खटिने सुरक्षाकर्मी, राहत वितरणमा खटिने कर्मचारीको खाना र खाजामा १ लाख १४ हजार ६ सय ७०, क्वारेन्टाइन व्यवस्थापन तथा खाना र खाजामा, १ लाख १८ हजार ५० रुपैया खर्च भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै राहत सामान ढुवानी ३२ हजार ७ सय , एम्बुलेन्स भाडा ५ हजार, स्वास्थ्यकर्मी सञ्चारमा ६ हजार ४ सय, कोरोना भाइरस नियन्त्रण तथा राहतकोष झापामा २ लाख, माईकिङ तथा प्रचार प्रसारमा ६ हजार ५ सय, आरआरटीलाई ब्याग ५ हजार ४ सय, सरसफाई कर्मचारीलाई रेनकोट ३ हजार ६ सय खर्च भएको छ । पालिकाको राहत कोषमा ९ लाख १० हजार ७ सय १६ रुपैयाँ ५० पैसा मौज्जाद रहेको अध्यक्ष काफ्लेले जानकारी दिइन् ।
झापाका स्थानीयतह मध्ये कोरोना रोकथाम नियन्त्रणका लागि कोष खडा गरेर रकम खर्च गरिएको सार्वजनिक गरेको यो पहिलो हो ।
कमल गाउँपालिकामा सरकारको एकद्वार प्रणालीबाट राहत वितरण गरिएको थियो भने सर्वपक्षीय समितिले सिफारिस गरेका विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष काफ्लेले बताएकी छिन् ।
Comments