Sajhamanch Archive

भारतीय र चिनियाँ सैनिकबीच सिक्किममा झडप, ११ जना घाइते

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं। भारतीय र चिनियाँ सेनाबीच भारतको सिक्किमस्थित ना कुला क्षेत्रमा झाडप भएको छ । झडपमा दुवैतर्फका गरी ११ सैनिक घाइते भएका छन् ।

भारतीय र चिनियाँ सेनाबीच सिक्किमको ना कुला क्षेत्रमा झडप हुँदा चार भारतीय र सात चिनियाँ सेना घाइते भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिजो (शनिबार) भएको झडपमा परी घाइते भएका दुबै देशका सेनालाई सामान्य चोट लागेको जनाइएको छ । नियमित गस्तीको क्रममा दुवै पक्षको फौजको बीच झडप भएको हो ।

अहिले स्थानीयस्तरमै छलफल गरी समस्या हल गरिएको बताइए पनि यसबारे दुबै देशले औपचारिक प्रतिक्रिया जनाएका छैनन् । भारत र चीनको सीमा विवादलाई लिएर त्यहाँ यसप्रकारका घटना हुँदै आएका छन् ।

गएको वर्ष लद्दाखमा पनि गस्तीका क्रममा दुई देशका सैनिकबीच झडप भएको थियो । त्यस्तै सन् २०१७ मा पनि यसै स्थानमा दुवै पक्षका सेनाबीच झडप भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *