Sajhamanch Archive

थप १३ जनामा देखियो कोरोना, संक्रमितको संख्या १३४ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तुका ६, रुपन्देहीका ६ जना र बर्दियाका एक जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अधिकारीका अनुसार रुपन्देहीको समरी गाउँपालिका(७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका(६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। त्यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिका(८ र बुद्धभूमि नगरपालिका(७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो। त्यसैगरी बर्दियाको राजापुर(५ निवासी ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको अधिकारीले बताएका छन्।

यसअघि कपिलवस्तुमा सोमबार बिहान १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको थियो। कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु थिए। अर्का एकजनाको उमेर खुलेको छैन। त्यसैगरी सप्तरीमा पनि एकजनालाई कोरोना पुष्टि भइसकेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ जना पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *