Sajhamanch Archive

पूर्वराष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई कोरोना संक्रमण

Published: (Updated: ) in खेलकुद, स्वास्थ्य by .

काठमाडौं । नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो अपलोड गर्दै आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

उनी हाल ‘सेल्फ आइसोलेसन’मा रहेका छन् । कोरोनाको लक्षण देखा नपरेको र खासै समस्या नभएका कारण सेल्फ आइसोलेसनमा बसेको उनले बताएका छन् ।

सन् २००९ मा बंगलादेशमा आयोजना भएको साफमा रञ्जित नेपाली टोलीमा रहेका थिए । यस्तै, उनले १६ वर्षमुनिको टोलीबाट नेपालको कप्तानी गरेका थिए ।

इमेजखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *