Sajhamanch Archive

कोरोना कहरबीच भारतमा रेल सेवा सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

एजेन्सी । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट सुरु भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो ।

मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ ।

यसअघि लकडाउनका कारण अलपत्र परेकाहरुलाई उनीहरुको गाउँघरसम्म पुर्याउने उद्देश्यले सरकारले रेलको व्यवस्था गरेको थियो । रेल चढेर गन्तव्यमा जान पाएको खुसीमा केही यात्रुहरुले रेललाई ढोगेको तस्वीरसमेत सार्वजनिक भएको छ । रेलमन्त्री पीयुष गोयलका अनुसार प्रवासी कामदारलाई उनीहरुको घरसम्म पुर्याउन ४६८ वटा रेल सन्चालन गरिएको जानकारी दिएका छन् ।

कोरोना कहरबीच भारतमा सार्वजनिक यातायातका अन्य सेवा पनि सुरु गर्ने तयारी छ । भारतीय रेल सेवा सुरु भएपछि हवाई सेवा पनि सन्चालन गर्ने चर्चा छ । यस्तै दिल्लीभित्र चल्ने सार्वजनिक रेल सेवा पनि सन्चालनको तयारी भइरहेको छ । दिल्ली मेट्रो रेल सेवा आफैंले त्यसको संकेत गरेको छ ।

दिल्ली मेट्रोले आफ्नो ट्वीटर अकाउन्टमा मेट्रो स्टेशनमा विशेष प्रशिक्षित कर्मचारीहरु खटाइएको जानकारी दिएको छ । यात्रुहरुको आउ–जाउ हुने क्षेत्रको सरसफाइ गर्न उनीहरुलाई खटाइएको हो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *