सभामुखद्वारा नेपाली भूमि अतिक्रमणबारे सरकारको ध्यानाकर्षण
Published: (Updated: )
by .काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सरकारका नाममा रुलिङ गरेका छन् । सांसदहरुले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेर उद्घाटन समेत गरेको सन्दर्भमा लगातार आवाज उठाएपछि सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराउँदै रुलिङ गरेका हुन् ।
आज बैठकको शून्य समयमा सत्ता र विपक्षी दलका सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले मानसरोवर जाने सडक बनाउनु देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि कै अतिक्रमण भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसदहरुले यो राष्ट्रियतामाथि भारतको नांगो आक्रमण भएको तर सरकार भने वक्तव्यवाजीमा सीमित रहेको भन्दै सरकारको आलोचना गरेका थिए । नेपाली भूमिको रक्षा गर्न सार्थक कूटनीतिक पहलका लागि उनीहरुले सरकारलाई भनेका थिए ।
शून्य समयमा सांसदहरुले बोलिसकेपछि सभामुख सापकोटाले तीन दिनदेखि सांसदहरुले शून्य समयमा उठाएका विषय बहुआयामिक महत्वका भएकाले यस्ता गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराउँछु भनेका हुन् ।
इमेजखबर
Comments