Sajhamanch Archive

रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए ।

‘उनी एक महिना अघिदेखि घरायसी कामले विदामा बसेका थिए,’ नेता रावलका सहयोगीले बताए । उनको सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको बताइएको छ ।

हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *