Sajhamanch Archive

नेकपा स्थायी समितिको बैठक स्थगित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक स्थगित भएको छ ।

स्थायी समिति सदस्य भीम रावलका सुरक्षा गार्डलाई कोरोना लागेको पुष्टि भएपछि बैठक स्थगित गरिएको स्थायी समिति सदस्य तथा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।

रावलका सुरक्षा गार्डमा कोरोना देखिएको, सांसद रहेका स्थायी समिति सदस्यहरुको पिसिआर परीक्षण भएपनि सांसद पदमा नरहेकाहरुको परीक्षण नभएकोेले बैठक स्थगित गरिएको उनले बताए । पार्टी नेतृत्वले थप छलफल गरेर अर्को मिति तय गर्ने रिमालको भनाइ छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *