Sajhamanch Archive

कांग्रेसका जिल्ला नेता केसीले दिए १२७ परिवारलाई चामल र नून

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

दमक । नेपाली कांग्रेसका जिल्ला सदस्य रवि केसीले दमक ८ का अतिविपन्न परिवारलाई करिब एक लाख २० हजार मूल्य बराबरको खाद्यान्न राहतस्वरुप प्रदान गरेका छन् ।

सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन जारी राखेको बन्दाबन्दीका कारण खाद्यान्न अभाव झेलिआएका आफनो वडाका आइतबारे, बालुवाटार लगायत क्षेत्रका अतिविपन्न १२७ परिवारलाई केसीले चामल, नून लगायतका खाद्यान्न दिएका हुन् ।

गएको स्थानीय तहको निर्वाचनमा दमक ८ बाट वडाध्यक्षका प्रत्यासीसमेत रहेका युवा व्यवसायी केसीले बन्दाबन्दीका मारमा परेका लक्षित समुदायलाई पहिचान गरी मंगलबार घरघरै पुगेर पार्टीको वडा समितिमार्फत खाद्यान्न राहत वितरण गरेका हन् ।

वडाध्यक्ष पशुपति गौतमसहित कांग्रेसका नेता, कार्यकर्ताहरुको उपस्थितिमा आफूले स्वेच्छिक राहत दिएको केसीले बताएका छन् । नेविसंघका जिल्ला उपाध्यक्ष भवानी काफ्लेका अनुसार ३ जनासम्मलाई १० केजी, ३ जनामाथि ६ जनासम्मलाई २० केजी र ६ जनामाथि भएका परिवारलाई २५ केजी चामल प्रदान गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *