Sajhamanch Archive

बाबर आजम पाकिस्तान क्रिकेट टिमको एकदिवसीय र टि-२० कप्तान

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । ब्याट्सम्यान बाबर आजम पाकिस्तानको एकदिवसीय र टि-२० टिमको कप्तान बनेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले आजमलाई दुई विधामा कप्तान चयन गरेको हो । बोर्डले २०२०-२१ का लागि सेन्ट्रल कन्ट्रयाक्टमा परेका १८ खेलाडीको नाम सार्वजनिक गर्दै कप्तान पनि चयन गरेको हो । यस्तै टेष्ट कप्तानमा अजर अली रहनेछन् ।

यसअघिका कप्तान सर्फराज अहमदलाई हटाइएपछि आजमलाई नेतृत्व दिएको हो । कप्तानद्वय आजम र अलीसँगै शाहिन शाह अफ्रिदी क्याटेगोरी ए मा छन् ।

पाकिस्तानी टिमका मुख्य प्रशिक्षक तथा मुख्य छनोटकर्तासमेत रहेबा मिस्वा उल हकले नयाँ कप्तान चयनबाट आफू खुसी रहेको बताएका छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *