Sajhamanch Archive

“क्वरेण्टीनमा बसेकालाई जेठ ५ पछि घर पठाइने” : मन्त्री ढकाल

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले क्वरेण्टीनमा बसेकाहरुलाई जेठ ५ गतेपछि घर पठाइने बताएका छन् ।

१४ दिन क्वरेण्टीनमा बसेकाहरुको हकमा आरडीटी र अन्यको हकमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री ढकालले भने, ‘क्वरेण्टीनमा रहेका व्यक्तिहरु, १४ दिन पुगेकाहरुको हकमा आरडीटी र समय नपुगेकाहरुको हकमा पीसीआर वा अस्पतालको जिम्मा लगाउने तयारी भएको छ । ५ गतेपछि रिपोर्ट नेगेटिभ आएकाहरु घर पठाइन्छ ।’

मन्त्री ढकालले उपत्यकामा जनसङ्ख्याको अनुपातमा परीक्षण न्यून रहेकाले बढाउने तयारी गरेको बताए । सरकारले उच्च जोखिममा रहेका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *